पत्रकार रवि लामिछानेले मृतक पत्रकार शालिकराम पुडासैनीले लगाएका आरोप प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन्।
पत्रकार पुडासैनीकोे ‘रवि लामिछानेले आफूलाई मर्न बाध्य पारेको’ भन्ने भिडियो सार्वजनिक भएपछि लामिछानेले सामाजिक सञ्जालमार्फत प्रतिकृया दिँदै शालिकरामलाई ठूलो भ्रम परेको बताएका हुन्।
पत्रकार लामिछानेले फेसबुकमा लेखेका छन्ः ‘आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु। मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठूलो भ्रम परेछ।’

प्रतिक्रिया