समाज


बस र टिपर ठोक्किँदा पाँचको मृत्यु, ४१ घाइते

बस र टिपर ठोक्किँदा पाँचको मृत्यु, ४१ घाइते

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार १६:१५,

बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा आज साँझ बस र टिप्पर एकापसमा ठोक्किँदा पाँचको मृत्यु हुनुका साथै ४१ जना घाइते भएका छन्।

सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र कोहलपुरतर्फ आउँदै गरेको अनटेस्ट मालबाहक टिपर साँझ ६ः०० बजे रोहिणी खोला नजिक एकापसमा ठोकिँदा चार पुरुषसहित एक महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परी टिपरका चालकसहित दुई र बसमा सवार तीन गरी पाँच जनाको मृत्यु भएको हो। सुर्खेत साटाखानी निवासी जीवनकुमार न्यौपानेको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य चारको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।

घाइतेलाई कोहलपुरस्थित शिक्षण अस्पतालमा पु¥याइएको छ। अन्य मृतकको अझै सनाखत हुन सकेको छैन। घाइतेमध्ये सातको अवस्था गम्भीर, १४ को मध्यम र २० जनाको सामान्य अवस्था रहेको प्रहरी नायव उपरीक्षक खनालले बताए।

दुर्घटनामा घाइते भएका व्यक्तिको उद्धारका लागि दुई क्रेन र तीन स्काभेटर प्रयोग गर्नुपरेको थियो। पूर्णरुपमा क्षतिग्रस्त बस र टिप्परभित्र रहेका घाइतेको उद्धारकालागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .