मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा हावाहुरी तथा चट्याङसहित असिनापानीको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ।
शुक्रबार अपरान्ह सामाजिक सञ्जालमार्फत महाशाखाले ‘हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश १ को पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशको पूर्वी जिल्लाहरुमा मेघ गर्जन, चट्टयाङ, हावाहुरी, असिनासहित वर्षा गराउने बादल विकसित भैरहेकोले सतर्कता अपनाउन’ अनुरोध गरेको छ।
— Nepal Weather Forecast (@DHM_Weather) April 16, 2021हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश १ को पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशको पूर्वी जिल्लाहरुमा मेघ गर्जन, चट्टयाङ, हावाहुरी, असिना सहित वर्षा गराउने बादल विकासित भैरहेकोले सतर्कता अपनाउन हुने अनुरोध छ । pic.twitter.com/goJ0vFuEaG
यसअघि मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले शुक्रबार बिहान नेपालखबरसँगको कुराकानीमा आज र भोलि (शनिबार) दुई दिन हिजोको जस्तै अझ देशैभर हावाहुरीको सम्भावना भएको बताएकी थिइन्।
उनका अनुसार हिजो सुदूरपश्चिम, गण्डकी, बागमती, प्रदेश १ मा ठूलो हावाहुरी आएको थियो। तराई क्षेत्र र कर्णाली प्रदेशमा पनि हावाहुरी त आएको थियो तर थोरै समयका लागि। आज भने देशैभर हावाहुरीको सम्भावना रहेको उनको भनाइ थियो।
वरिष्ठ मौसमविद् मानन्धरका अनुसार हिजो दिउँसो ३/४ बजे सुरु भएको हुन्डरी राति १० बजेबाट मात्र मत्थर भएको थियो।
हिजो हावाहुरी आएको भए पनि ठूलो वर्षा कतै नभएको उनले बताइन्।

प्रतिक्रिया