राजनीति


मुख्यमन्त्री शाहीले मागे विश्वासको मत

मुख्यमन्त्री शाहीले मागे विश्वासको मत

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार १०:३५,

कर्णाली प्रदेशकाा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन्।

कर्णाली प्रदेश सरकार पाँच वर्षका लागि बनेको बताउँदै उनले यसबीचमा केही उतारचढाव आएको बताए।

तिनै उतारचढावले आज विश्वासको मत लिने अवस्थामा आएको उनको भनाइ छ।

नयाँ राजनीतिक संस्कार बसाल्नका लागि र देशलाई एकताको सन्देश दिनका लागि सबैले एकपटक सरकारलाई विश्वासको मत दिन शाहीले प्रदेश सभा सदस्यलाई आग्रह गरे।

शाहीले आफ्नो कार्यकालमा कर्णाली प्रदेशको आवश्यकताका आधारमा विकास र तीब्र आर्थिक समृद्धि भएको बताए।

त्यसका लागि प्रदेश सरकार लागिरहेको बताउँदै उनले सदनबाट एक पटक फेरि प्रतिवद्धता जनाउनु पर्ने बताए।

कर्णालीको विकासका लागि फेरि सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको उनको जिकिर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad