काठमाडौं उपत्यकामा बिहीबार राति भीषण हावाहुरी चलेको छ।
राति करिब ९ बजेदेखि चलेको हावाहुरी अझै रोकिएको छैन।
हुरीका कारण सडकमा गुडेका सवारी साधन रोकिन बाध्य भएका थिए। हावाहुरीका कारण राजधानीको विधुत सेवासमेत प्रभावित बनेको छ।
मौसम पूर्वानुमान माहाशाखाका अनुसार देशको दक्षिण-पश्चिम बाट मेघ गर्जन/ चट्याङ् सहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तर-पूर्व तिर सर्ने क्रममा रहेको छ।
महाशाखाले आवश्यक सतर्कता अपनाउनुसमेत आग्रह गरेको छ। हुरीका कारण केहि स्थानमा घरको छाना उडाएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
हाल देशको दक्षिण-पश्चिम बाट मेघ गर्जन/ चट्याङ् सहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तर-पूर्व तिर सर्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउनु होला। @NDRRMA_Nepal pic.twitter.com/595oshTWzY
— Nepal Weather Forecast (@DHM_Weather) April 15, 2021Shares
प्रतिक्रिया