समाज


सासूको सम्पत्ति हिनामिना गरेको आरोपमा जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक रेग्मी पक्राउ

सासूको सम्पत्ति हिनामिना गरेको आरोपमा जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक रेग्मी पक्राउ

नेपालखबर
बैशाख २, २०७८ बिहिबार १२:३३,

जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक कमलप्रसाद रेग्मी पक्राउ परेका छन्।

सासूको सम्पत्ति हिनामिना गरेको आरोपमा काठमाडौं प्रहरी परिसरले उनलाई बिहीबार बल्खुबाट पक्राउ गरेको हो। यसअघि राष्ट्र बैंककी निर्देशक रहेकी उनकी श्रीमती सुष्मा रिजाल रेग्मी पनि पक्राउ परिसकेकी छन्।

छोरीज्वाईंले आफ्नो सम्पत्ति हिनामिना गरेको र आफूलाई हेरचाह नगरेको भन्दै रिजालकै आमाको जाहेरीपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

८४ वर्षीया आमाले छोरी ज्वाईंले आफ्नो सम्पत्ति अनधिकृत रुपमा लगेको भन्दै जाहेरी दिएकी थिइन्।

आफ्नो माछापुच्छ्रे बैंकमा रहेको रकम र लकरमा रहेका सुनचाँदी अनधिकृत रुपमा निकालेको भन्दै रिजालकी आमाले जाहेरी दिएकी थिइन्।

आफ्नो सेयर समेत झुक्याएर बिक्री गरेको जाहेरीमा उल्लेख छ।

आफ्नो ३ करोड बढीको सम्पत्ति लगे पनि हेरचाह नगरेको बृद्धाको जाहेरीमा उल्लेख छ। उनीविरुद्ध ज्येष्ठ नागरिक ऐन २०६३ अन्तर्गत कसुरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ। यसअघि सुष्मालाई भने अदालतले पुर्पक्षका लागि केन्द्रीय कारागारमा पठाइसकेको छ।

यो पनि :
राष्ट्र बैंककी निर्देशक रिजाल पुर्पक्षका लागि कारागार चलान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad