समाज


दोलखामा बोलेरो दुर्घटना हुँदा एकै वडाका ४ जनाको मृत्यु, १७ यात्रु घाइते

दोलखामा बोलेरो दुर्घटना हुँदा एकै वडाका ४ जनाको मृत्यु, १७ यात्रु घाइते

नेपालखबर
चैत ३१, २०७७ मंगलबार ०:५७,

दोलखामा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। १७ यात्रु घाइते  भएका छन्।

दोलखा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाका अनुसार ३ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

‘राति ११ बजे दोलखाको बिगु गाउँपालिका-४ लादुकमा बोलेरो दुर्घटना भएको हो,’ मंगलबार बिहान प्रहरी निरीक्षक कोइरालाले नेपालखबरसँग भने, ‘दुर्घटनामा १७ जना घाइते भएका छन्।’

उनका अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ। चरिकोट अस्पतालमा ३ जनाको उपचार गरिएको उनले बताए। अन्यलाई उपचारका लागि काठमाडौ पठाइएको छ।

प्रहरी निरीक्षक कोइरालाका अनुसार दुर्घटनामा २४ वर्षीया चण्डिका थापा, ५२ वर्षीया राधा खड्का, ४५ वर्षीया अजिता खत्री र ३५ वर्षीय विनोद केसीको मृत्यु भएको हो। मृतक सबै बिगु गाउँपालिका वडा नम्बर ३ का हुन्।

‘गाडीमा २२ जना चढेका रहेछन्,’ उनले भने, ‘तीमध्ये १० महिने बालक भने सामान्य मात्र घाइते भएकाले अभिभावकले घर लगेका छन्।’

प्रदेश ३ –०१ –०२३ च ७५८० नम्बरको बोलेरो दुर्घटना भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad