इरान आणविक ऊर्जा संगठन आइएइओका प्रमुख अली अक्बर सालेहीले सरकारी टेलिभिजनमा जारी गरेको विज्ञप्तिमा यस विषयमा जानकारी दिइएको छ।
उनले अन्तर्राष्ट्रिय समुदायलाई यस आणविक विरोधी आतङ्कवादसँग लड्न आग्रह गरेका छन्। साथै उनले यस्तो निक्रिष्ट कार्यको कडा शब्दमा निन्दा गरेका छन्।
उक्त आक्रमण इरानको औद्योगिक र राजनीतिक प्रगतिका विपक्षीहरुले गरेको उनको भनाइ छ। परमाणु उद्योगको विकासलाई रोक्ने उद्देश्यका साथ आक्रमण गरिएको उनले बताए।
यस आक्रमणको पछाडि कसको हात रहेको छ सो भने प्रष्ट नभएको उनको भनाइ छ। दुर्घटनाका कारणहरुको अनुसन्धान भइरहेको र थप विवरणहरु पछि प्रकाशित गरिने जानकारी दिइएको छ।
सन् २०१५ मा भएको एउटा परमाणु सम्झौतालाई पुनर्जीवित पार्ने कूटनीतिक पहल भइरहेका बेला यो नयाँ घटना भएको छ।
सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई उक्त सम्झौताबाट अलग गरेका थिए। तर हालका राष्ट्रपति जो बाइडेनले त्यसलाई पुनः अघि बढाउने बताउदै आएका छन्। रासस/एएफपी
Shares

प्रतिक्रिया