समाज


कालिकोटको दलितबस्तीमा आगलागी, ६ घर जलेर नष्ट

कालिकोटको दलितबस्तीमा आगलागी, ६ घर जलेर नष्ट

नेपालखबर
चैत २९, २०७७ आइतबार ९:१२,

कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ मा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन्। शनिबार भएको आगलागीबाट गाउँपालिका–८ खोलीबजार, भुराबगरका ६ घर जलेर नष्ट भएका हुन्।

आगलागी हुँदा दुर्ग सार्की, वीरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृते सार्कीलगायत ६ जनाको घर जलेर पूर्णरुपमा नष्ट भएको पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए। आगलागी हुँदा मानवीय क्षति नभएको र अन्य एउटै घरको करीब १० देखि १५ लाखसम्मको धनमालको क्षति भएको अध्यक्ष सेजुवालले जानकारी दिए।

‘घरमा रहेका सबै धनमाल जलेर नष्ट भएका छन्’, उनले भने, ‘एउटै घरको करीब १० लाखदेखि १५ लाखसम्म धनमालको क्षति भएको छ।’

आगलागीपीडितलाई तत्काल खानका लागि खाद्यान्न वितरण गरिएको अध्यक्ष सेजुवालले बताए।

‘तत्काल खान र बस्नका लागि खाद्यान्नको व्यवस्था गरेको छौँ”, उनले भने, ‘ अग्निपीडित अहिले त्रिपाल टाँगेर बसेका छन्।’

आगलागी पीडितलाई घर निर्माणका लागि नेपाल सरकारको जनता आवास कार्यक्रममार्फत घर निर्माणको पहल थालिने अध्यक्ष सेजुवालले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .