समाज


यातायात व्यवस्था कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

यातायात व्यवस्था कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
चैत २६, २०७७ बिहिबार १६:१०,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदीसमेत १९ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार नेपालगञ्जबाट लिइएको दुईपाङ्ग्रे सवारीचालक अनुमतिपत्रसम्बन्धी लिखित परीक्षाको नतीजामा परीक्षा समितिको बैठक नै नबसी सदस्यलाई भूमिकाविहीन बनाएको तथा परीक्षामा अनुतीर्ण भएकालाई नतीजा परिवर्तन गरेको पाइएको छ। सो कार्यमा तत्कालीन कार्यालय प्रमुख पवन सुवेदी, शाखा अधिकृतद्वय सीताराम खनाल र डकेराज पोखरेल संलग्न रहेको आयोगको अनुसन्धानमा देखिएको छ।

यस्तै तत्कालीन शाखा अधिकृत ध्रव्रराज देवकोटा, नायब सुब्बा ललितबहादुर वलीलगायत छन्। उनीहरुले लिखित परीक्षको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। यसैगरी आयोगले महोत्तरीको साविक सिंग्याही गाविसका तत्कालीन सचिव विनोदकुमार सिंहसमेतले एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाइ बनाई सरकारी रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ। आयोगका अनुसार रु १२ लाख ४४ हजार बराबरको हिनामिना गरेको पाइएको छ।

सो कार्यमा सचिव सिंह र कार्यालय सहायक नारायण यादवको सङ्लग्नता रहेको पाइएको छ। आयोगले उनीहरुविरुद्ध रु छ लाख २९ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ। अनियमितता गरेकोमध्ये रु छ लाख १५ हजार बराबरको रकमसमेत बैंकमा दाखिला भएको पाइएको छ।
रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad