त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट करिब ८८४.४५० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र करिब ४९.५५ ग्राम सुन जस्तो देखिने एक थान बालासहित एक जना पक्राउ परेका छन्।
धनुषाका ३४ वर्षीय प्रकाश महरालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
फ्लाई दुवई एयरलाईन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका उनलाई अराईभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त परिमाणको धातु र बालासहित फेला पारी प्रहरीले पक्राउ गरेको हो। उनले राइसकुकरमा फिट गरेर उक्त बस्तु ल्याएका थिए।
यस सम्बन्धमा विमानस्थल प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया