सुनसरीमा तार टाँग्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।
इटहरी उपमहानगरपालिका–५ शान्ति चोक बस्ने ललितपुर महाकाल गाउँपालिका–४ का २४ वर्षीय जितेश दुलालको करेन्ट लागेर बुधबार मृत्यु भएको हो।
शान्ति चोकस्थित पोलमा डिसहोमको तार टाँग्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराटनगरस्थित विराट नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया