समाज


३ सय ३९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २२ सय नाघ्यो

३ सय ३९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २२ सय नाघ्यो

नेपालखबर
चैत २५, २०७७ बुधबार १०:५८,

नेपालमा आज ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल दिएको जानकारी अनुसार २ सय ९८ जना पीसीआर परीक्षणका क्रममा कोरोना पोजिटिभ भेटिएका थिए भने ४१ जना एन्टिजेन विधिबाट संक्रमित पुष्टि भएका हुन्।

चार हजार एक सय पीसीआर परीक्षण र एक हजार ४० एन्टिजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा मात्रै गएको २४ घण्टामा १६३ जनामा संक्रमण पुष्टि भएको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। जसमा काठमाडौं १ सय ३२, ललितपुर २६ र भक्तपुरमा ५ जना रहेका छन्।

आज देशभर सक्रिय संक्रमितको संख्या दुई हजार दुई सय एक छ। देशभर ६५ जना आईसीयू र १३ जना भेन्टिलेटरमा उपचाररत छन्।

यस्तै, गएको २४ घण्टामा ७४ जना निको भएर घर फर्किएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad