विद्रोहीले सुकमा र बिजापुरको बोर्डरमा रहेका जंगलमा लुकेर आक्रमण गरेका थिए।
२० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएसँगै त्यहाँका गृहमन्त्री अमित शाहले देशले माओवादीविरुद्धको लडाइ जित्ने बताएका छन्।
सोमबार मृत सुरक्षाकर्मीलाई अन्तिम श्रद्धान्जली दिन जगदपुर पुगेका शाहले आफ्ना जवानहरुको बलिदान व्यर्थ नजाने बताएका हुन्।
शाहले सोमबार नै छत्तिसगढका मुख्यमन्त्री भुपेश बघेलसँग माओवादी आतंकको बारेमा छलफल गरेका थिए।
उक्त वैठकपछि शाहले भने,‘म देशलाई यो विश्वास दिलाउन चाहन्छु कि लडाइँ रोकिने वाला छैन यो तीव्र गतिमा अगाडि बढ्छ। अन्तिममा नक्सलवादीविरुद्ध हाम्रो जित निश्चित छ।’ बीबीसी

प्रतिक्रिया