ad ad

समाज


रकम नभएको खाताको चेक दिएर ६१ लाख ठगी

रकम नभएको खाताको चेक दिएर ६१ लाख ठगी

नेपालखबर
चैत २३, २०७७ सोमबार १०:११,

प्रहरीले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङ जिल्ला साविक विजयखर्क गाविस–७ परिवर्तित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–९ गोठाटार बस्ने वर्ष ३४ को बरुण ढकाल रहेका छन्।

कमला कुमारी राई र कल्पना कुमारी राई समेतको जाहेरीले ढकालविरुद्ध बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको मिति २०७७ पुस १५ गतेको फैसलाले पाँच दिन कैद र विगो बमोजिम ६१ लाख ५५ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।

उक्त सजाय बेरुजू रही फरार रहेका ढकाललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलिले काठमाडौंको पेप्सीकोलामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि सोमबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।

ढकालले मिति २०७५।१२।२० गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी कुमारी बैंक लिमिटेड शाखा कार्यालय कोटेश्वरमा रहेको आफ्नो नामको खाताबाट भुक्तान हुने गरी कमला कुमारी राईलाई ५६ लाख १५ हजार र कल्पना कुमारी राईलाई पाँच लाख ४० हजार बराबरको चेक काटी दिएर ठगी गरेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .