समाज


स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर १९ वर्षीय युवकको मृत्यु

स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर १९ वर्षीय युवकको मृत्यु

नेपालखबर
चैत २३, २०७७ सोमबार ९:९,

सिन्धुपाल्चोकको सुकुटेस्थित एक रिसोर्टको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेका युवाको ज्यान गएको छ।

चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेस्थित रिभर वई र्‍याप्टिङ एण्ड रिसोर्टको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर काठमाडौं सिनामंगल बस्ने सिन्धुली फिखल गाउँपालिका २ का १९ वर्षीय सुशिल भण्डारीको आइतबार साँझ मृत्यु भएको हो।

पौडी खेल्ने क्रममा डुबेका उनलाई सदाबहार खाडीचौर हुँदै ईन्टरनेशनल अस्पताल कौशलटार भक्तपुरमा थप उपचारको लागि ल्याइएको थियो।

उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad