ad ad

समाज


प्रहरीलाई ठक्कर दिने मोटरसाइकल चालकमाथि ‘मुलुकी अपराध ऐन’

प्रहरीलाई ठक्कर दिने मोटरसाइकल चालकमाथि ‘मुलुकी अपराध ऐन’

नेपालखबर
साउन २८, २०७६ मंगलबार १४:१८,

प्रहरी जवानलाई ठक्कर दिएर भाग्ने एकजना मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरी मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम अभद्र ब्यवहार अन्तर्गत मुद्दा चलाएको छ।

मंगलबार विराटनगर महानगरपालिका–४ कन्चनबारी चोकमा प्रहरी जवान अमित कुमार मण्डललाई ठक्कर दिएर भागेका को ३५ प ४०८७ नं को मोटरसाईकल चालक मोरङको बुढिगंगा गाउँपालिका–३ का २४ वर्षीय विशाल राउतलाई प्रहरीले मुलुकी अपराध ऐन अन्तर्गत म्याद थप गरेको हो।

मंगलबार दिउँसो साढे १ बजे कन्चनबारी चोकमा चेकजाँच गर्ने क्रममा सो मोटरसाईकलले नगर प्रहरी कार्यालय विराटनगर दरबन्दी भई वडा प्रहरी कार्यालय (क) विराटनगरमा कार्यरत प्रहरी जवान मण्डललाई ठक्कर दिएको थियो। घाइते मण्डललाई तत्काल विराट नर्सिङ होममा लगि उपचार गरिएको र टाउकोमा चोट लागेका उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

ठक्कर दिने मोटरसाईकल चालक राउतले मापसे गरी लापरवाहीपूर्ण तवरले सवारी साधन चलाएको र रोक्न खोज्दा विभिन्न चेकप्वाईन्टहरुमा नरोकी भागेकोले भागेको प्रहरीको भनाई छ।

उनलाई सीआरभी–१७ बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .