समाज


यौन शक्ति बढाउन पाकिस्तानमा हुबारा चराको सिकार गर्दै राजकुमारहरू

यौन शक्ति बढाउन पाकिस्तानमा हुबारा चराको सिकार गर्दै राजकुमारहरू

नेपालखबर
चैत २०, २०७७ शुक्रबार १२:३९,

पाकिस्तानको हुबारा बस्टर्ड नामको दुर्लभ पन्छी फेरि एकपटक चर्चामा आएका छन्। किनकि यसको सिकार गर्न संयुक्त अरब इमिरेट्सका शाही परिवारका धेरै सदस्य पाकिस्तान आएका छन्।

पाकिस्तानले हुबारा पन्छी सिकारका लागि साउदीका शाही परिवारलाई निम्तो नै दिएको छ। हुबारा अन्तर्राष्ट्रिय स्तरमा संरक्षण गरिएको पन्छीको श्रेणीमा पर्छ र यसको सिकार गर्न प्रतिबन्धित छ। तर यो नियम खाडी मुलुक साउदी र संयुक्त अरब इमिरेट्सका राजकुमारलाई लागू हुँदैन। आफ्नो यौन शक्ति बढाउन त्यहाँका राजकुमार यो चरा मारेर खाने गर्छन्।

ऋणमा चुर्लुम्म डुबेको पाकिस्तान साउदी अरब र यूएईका राजकुमारलाई हबोराको सिकार गर्न दिएर मोटो रकम असुल्छ।

पाकिस्तानको परराष्ट्र मन्त्रालयले दुबईका शासक शेख मोहम्मद बिन रासिद अल मक्तुम, राजकुरमा तथा शाही परिवाकार अन्य सदस्यलाई सन् २०२०–२१ का लागि सिकारको अनुमति दिएको छ।

साउदी अरबको एक अर्ब डलर ऋणमा डुबेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विवादका बीच राजकुमार मोहम्मद बिल सलमानलाई आफ्नो देशमा दुर्लभ पन्छीको सिकार गर्ने अनुमति दिएका छन्। इमरान सरकारले शाही परिवारसँग सम्बन्धित अन्य सदस्यलाई समेत यसको सिकार गर्न स्वीकृति दिएको छ।

अरबका मानिसले हजारौं वर्षदेखि हुबाराको सिकार गरिरहेका छन् र यो कहिले रोकिने छाँटकाँट पनि देखिन्न। वास्तवमा हुबारोको मासु खाँदा यौन शक्ति बढ्छ भन्ने मान्यता छ। यसैकारण साउदी अरब, यूएईका राजकुमार यसको सिकारका लागि पाकिस्तान आउने गर्छन्। यौन शक्तिका हिसाबले हबारो चराको मासु स्पेनिस माछा र भियाग्राको श्रेणीमा राखिएको छ।

हुबारा चराले लामो समयसम्म यौन शक्ति प्रदान गर्छ भन्ने प्रचार गरिएको छ। जसले गर्दा खाडी मुलुकका धनी मानिस ठूलो खर्च गरेर यसको सिकार गर्न पाकिस्तान आउँछन्। हुबारा पन्छी दक्षिण एसिया, मध्यपूर्व र दक्षिण अफ्रिकामा पाइन्छ। यो पन्छी चिसोबाट बच्न पाकिस्ता आउने गर्छन्। केही इरान पनि पुग्छन्। एक अनुमानअनुसार ४२ हजार एसियाली हुबारा तथा २२ हजार उत्तर अफ्रिकी हुबारा बचेका छन्। स्रोत : नवभारत टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad