ad ad

समाज


बागलुङमा बम बिस्फोट : घाइते युवकको मृत्यु, एकको अवस्था गम्भीर

बागलुङमा बम बिस्फोट : घाइते युवकको मृत्यु, एकको अवस्था गम्भीर

नेपालखबर
चैत २०, २०७७ शुक्रबार ४:४३,

बागलुङको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ।

बडिगाड गाउँपालिका–२ सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा बिहीबार बिस्फोट भएको थियो। बिस्फोटमा परेर गम्भीर घाइते भएका गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी घर भई बडिगाड गाउँपालिका–२ सिमलचौर बस्ने ३१ वर्षीय मित्रबहादुर रानालाई उपचारको लागि पाल्पा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए।

विष्फोटमा गम्भीर घाइते भएका बडिगाड गाउँपालिका–२, हाडिखोलाका २८ वर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

स्थानीय दुर्गाबहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा एक्कासि विष्फोट हुँदा दुई युवा गम्भीर घाइते भएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .