वायु प्रदूषण बढेकाले सरकारले आज (मंगलबार) बाट ४ दिनसम्मका लागि देशभरका शैक्षिक संस्था बन्द गराएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभर वायु प्रदूषण बढेकाले हाल जारी परीक्षाबाहेक देशका सबै शैक्षिक गतिविधि शनिबारसम्मका लागि बन्द गराएको हो।
वरपरका जिल्लामा डढेलो लागेका कारण गत शुक्रबारदेखि काठमाडौंसहित देशभर वायु प्रदूषण बढेको विज्ञले बताएका छन्।
मौसम सुध्रिन अझै केही दिन लाग्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन जल तथा मौसम विज्ञान विभागले आम नागरिकमा अनुरोध गरेको छ।
यो पनि : काठमाडौंको घातक वायु प्रदूषणबाट बच्न विज्ञका १७ सुझाव
प्रतिक्रिया