ad ad

समाज


१४१ कोरोना संक्रमित थपिए

१४१ कोरोना संक्रमित थपिए

नेपालखबर
चैत १६, २०७७ सोमबार १३:४५,

देशभर पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार १२२ को स्वास्थ्य परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। त्यस्तै पछिल्लो समय कारोनाको कारण कसैको पनि मृत्यु भएको छैन।

आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ७६ हजार ९८० पुगेको छ। त्यस्तै पछिल्लो समय थप ८२ निको भएका छन्। योसँगै निको हुनेको संख्या दुई लाख ७२ हजार ६१२ रहेको छ। निको हुने दर भने ९८ दशमलब ४ प्रतिशत रहेको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या एक हजार ३४१ रहेको छ। उनीहरुमध्ये ५६ जना क्वारेन्टिनमा छन्। अन्य आइसोलेशनमा छन्।

हालसम्म नेपालमा २२ लाख ६४ हजार २६८ को पीसीआर परीक्षण भएको छ। त्यस्तै तीन हजार २७ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .