ad ad

समाज


सात कोरोना संक्रमित थपिँदा अस्ट्रेलियाको ब्रिसबेनमा लकडाउन

सात कोरोना संक्रमित थपिँदा अस्ट्रेलियाको ब्रिसबेनमा लकडाउन

नेपालखबर
चैत १६, २०७७ सोमबार १०:४७,

सात कोरोना भाइरसका संक्रमित थपिएपछि तीन दिनसम्म त्यहाँ लकडाउन लागू गरिएको बीबीसीले जनाएको छ।

क्विन्सल्यान्ड राज्यको राजधानी ब्रिसबेनमा २० लाख मानिसहरु बसोबास गर्दछन्। सोमाबरदेखि बिहीबारसम्म लकडाउन लागू गरिएको हो।

यसअघि गत जनवरीमा एक मात्र संक्रमित थपिँदा पनि त्यहाँ ३ दिनसम्म लकडाउनको नियम लागू भएको थियो।

कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डोमिटरका अनुसार अस्ट्रेलियामा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २९ हजार २७३ पुगेको छ।

त्यहाँ ९०९ कोरोना संक्रमितको ज्यान गइसक्दा २६ हजार २७५ कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .