समाज


काठमाडौंमा होली खेल्दा एसिड प्रहार, तीन जना घाइते

काठमाडौंमा होली खेल्दा एसिड प्रहार, तीन जना घाइते

नेपालखबर
चैत १६, २०७७ सोमबार ६:२५,

काठमाडौंमा होली खेल्ने क्रममा एसिड प्रहार भएको छ। सम्बन्धित व्यक्तिहरुले झुक्किएर एसिड पर्न गएकाे बताए पनि प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ।

काठमाडौंकाे शंकरापुर-१ मा आइतबार होली खेल्ने क्रममा दुई किशोरले एसिड प्रहार गर्दा तीन जना घाइते भएको काठमाडौं प्रहरी परिसरका डीएसपी प्रमेश बिष्टले बताए।

घाइते तीन जनाको शुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। होली खेल्ने क्रममा पानी भनेर झुक्किएर उनीहरुले रंगमा मिसाएर सल्फरिक एसिड प्रहार गरेको बताएका छन्। तर त्यसबारे थप अनुसन्धान भइरहेको डीएसपी बिष्टले बताए।

एसिड प्रहार गर्ने किशोरहरुलाई पनि चोट लागेको छ। घाइते तीन जना १६, ११ र ९ वर्षका हुन्।

घाइतेमध्ये १६ वर्षे किशोर र ११ वर्षे बालकको अनुहारमा र ९ वर्षका बालकको हातमा चोट लागेको प्रहरीले जनाएको छ।

उक्त एसिड डेरीमा दूध फाट्न नदिन प्रयोग हुने गरेको पाइएको प्रहरीले जनाएको छ।

एसिड प्रहार गर्ने दुई किशोर र डेरी संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad