भारतका प्रसिद्ध उद्योगपति मुकेश अम्बानीको घरनजिक विस्फोटक पदार्थ भरेर स्कार्पियो छाडेको तथा गाडीधनी मनसुख हिरेनको हत्या आरोपमा पक्राउ परेका प्रहरी अधिकारी (हाल निलम्बित) सचिन वझेबारे धेरै रहस्य खुलासा भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार घटना अनुसन्धान गरिरहेको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) को गोताखोर टोलीले आइतबार मिठी नदीमा विभिन्न प्रमाण फेला पारेको हो।
प्रमाण मेटाउन वझेले नदीमा फालेका गाडीका नम्बर प्लेट, कम्प्युटरका सीपीयू, हार्ड डिस्क र डीभीआर प्रहरीले बरामद गरेको हो।
बरामद नम्बर प्लेट त्यही विस्फोटक पदार्थ राखिएको स्कार्पियो र त्यो गाडी अम्बानीको घरछेउ छाडेर फरार भएको व्यक्तिले प्रयोग गरेको इनोभा कारको भएको बताइएको छ। जुन गाडीका नम्बर प्लेट घटनाका बेला बदलिएका थिए।
अनुसन्धान टोलीले अभियुक्त वझेलाई पनि घटनास्थल लगेको थियो। (हिन्दुस्तानबाट)
सम्बन्धित समाचार : सय करोड असुली प्रकरण : महाराष्ट्रका गृहमन्त्रीविरुद्ध छानबिन हुने

प्रतिक्रिया