ad ad

समाज


बसले स्कुटरलाई ठक्कर दिँदा एकै घरका तीन जनाको मृत्यु

बसले स्कुटरलाई ठक्कर दिँदा एकै घरका तीन जनाको मृत्यु

नेपालखबर
चैत १५, २०७७ आइतबार ४:१३,

चितवनको भरतपुरमा शनिबार साँझ बसले स्कुटरलाई ठक्कर दिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको ना ४० प ७०८२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए।

दुर्घटनामा स्कुटरमा चालक भरतपुर–६ गीतानगर बस्ने ४० वर्षीय स्कुटर चालक मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र मोहनको दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको मृत्यु भएको हो।

दुर्घटनापछि बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ। दुर्घटनामा एकैघरका तीन जनाको मृत्यु भएपछि गीतानगर गाउँ शोकमा डुबेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .