ad ad

समाज


व्यापारीको शव झाडीमा भेटियो, सुन लुट्न हत्या भएको आशंका

व्यापारीको शव झाडीमा भेटियो, सुन लुट्न हत्या भएको आशंका

नेपालखबर
साउन २८, २०७६ मंगलबार ४:१२,

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ।

पहिचान नखुलेको समूहले शाहीको घाँटी रेटेर हत्या गरेको हो। शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आएका शाही आइतबार रातिदेखि बेपत्ता थिए। शाही खोजीका लागि परिवारले प्रहरीमा अनुरोध गरेको थिए।

प्रहरी उपरीक्षक सिलवालका अनुसार मृतक शाहीको घाँटीमा धारिलो हतियारको चोट छ।

सोमबार माछा मार्न जाने क्रममा स्थानीयवासीले शाहीको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका लागि प्रहरीले सोमबार राति नै पोखराबाट तालीमप्राप्त कुकुर मगाएको छ । आर्थिक प्रलोभनका कारण शाहीको हत्या भएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन्।

“घटनाको अनुसन्धानका लागि कुकुरको सहयोग लिएका छौँ”, प्रहरी उपरीक्षक सिलवालले भने, “शङ्का लागेका केही व्यक्तिमाथि पनि निगरानी बढाएका छौँ।” हत्यामा संलग्न जोसुकै भए पनि चाँडै कानूनको दायरामा आउने प्रहरी उपरीक्षक सिलवालले बताए।

शाही सुनको सौखिन भएको र शरीरमा थुप्रै सुन लगाएर हिँड्ने भएका कारण प्रलोभनले गर्दा शाहीको हत्या भएको हुनसक्ने स्थानीयवासी बताउँछन्।

“चार÷पाँच तोला सुन र ४०-५० हजार उहाँसँग सधैँ हुन्थ्यो”, एक स्थानीयवासीले भने, “त्यही प्रलोभनका कारण उहाँको हत्या भएको हुनसक्छ।”

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .