सुनसरीको धरान उपमहानगरपालिका-८ बस्ने ३७ वर्षीय तिलबहादुर माझीलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ।
आज अपरान्ह माझीले ३१ वर्षीया श्रीमती सम्झना राईलाई खुकुरीले घाँटीमा प्रहार गरी घाइते बनाएका थिए। खुकुरी प्रहारबाट घाइते सम्झनालाई उपचारको लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।
अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले श्रीमतीको हत्यामा संग्लग्न रहेका माझीलाई पक्राउ गरेको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया