समाज


२४ घण्टामा १२० कोरोना संक्रमित

२४ घण्टामा १२० कोरोना संक्रमित

नेपालखबर
चैत १२, २०७७ बिहिबार १५:४,

पछिल्लो २४ घण्टामा १२० कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल दुई हजार ८९१ जनाको परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित भएको पाइएको हो।

मन्त्रालयका अनुसार काठमाडौंमा कूल ४१ नयाँ संक्रमित फेला परेका छन्। त्यस्तै भक्तपुरमा १९, कास्कीमा १९ नै संक्रमित फेला पर्दा, दाङमा छ, ललितपुरमा पाँच, मोरङ र रुपन्देहीमा चार-चार जना संंक्रमित भएका छन्।

सल्यान र डोटीमा तीन-तीन जना, तनहुँ, पाल्पामा दुई-दुई जना, खोटाङ, झापा, सुनसरी, पर्सा, चितवन, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, म्याग्दी, बाँके, कञ्चनपुर र कैलालीमा एक-एक जना कोरोना संक्रमति फेला परेका छन्।

प्रदेशगतरुपमा प्रदेश नं १ मा सात, प्रदेश नं २ मा एक, वाग्मतीमा ६८, गण्डकीमा २३, लुम्बिनीमा १३, कर्णालीमा तीन र सुदूरपश्चिममा पाँच संक्रमित फेला परेका छन्। हाल देशभरका क्वारेन्टाइनमा ५५ जना रहेका छन्।

यसैबीच मन्त्रालयले भारत तथा बेलायत, जर्मनी, फ्रान्सलगायतका देशमा कोभिड– १९ को संक्रमण दर वृद्धि भएको र नेपालमा समेत यसको प्रभाव पर्नसक्ने भएकाले कोभिड– १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिसमक्ष केही सुझाव दिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .