समाज


आधा दर्जन निजी स्वास्थ्य संस्थामा शिलबन्दी

आधा दर्जन निजी स्वास्थ्य संस्थामा शिलबन्दी

नेपालखबर
साउन २७, २०७६ सोमबार १५:३३,

लामो समयदेखि नविकरण नगराई अवैध रुपमा सञ्चालित यहाँस्थित आधा दर्जन निजी स्वास्थ्य संस्थामा आज जिल्ला स्वास्थ्य कार्यालय सिरहाले शिलबन्दी गरेको छ।

नविकरणका लागि पटक–पटक ताकेता गर्दा पनि बलमिचाई गरेर सञ्चालन गरिरहेको भन्दै यहाँस्थित लिलामदन पोलिक्लिनिक, त्रिशक्ति पोलिक्लिनिक, लहान एडभान्स पोलिक्लिनिक, हिमालय डेन्टल क्लिनिक, सेराज पोलिक्लिनिक, चाल्ड हेल्थ क्लिनिकलगायतमा शिलबन्दी गरी प्रक्रियामा आउन निर्देशन दिइएको जिल्ला स्वास्थ्य अधिकृत उमेशलाल कर्णले जानकारी दिए।

त्यसैगरी लहानस्थित मेरी गोल्ड पोलिक्लिनिक एण्ड डाईगनोस्टिक सेन्टर प्रालिलाई बन्द गराएर प्रहरी निगरानीमा राखिएको उनले बताए। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नागेन्द्रप्रसाद यादवको नेतृत्वमा इलाका प्रशासन कार्यालय लहानका प्रतिनिधि, इलाका प्रहरी कार्यालयका प्रतिनिधिको टोलीले अवैध रुपमा सञ्चालित स्वास्थ्य संस्थामा शिलबन्दी गरिएको स्वास्थ्य अधिकृत कर्णले जानकारी दिए।

स्वास्थ्य कार्यालयले गत जेठ महीनामै पत्र काटेर लहानस्थित लहान लाइफ केयर हस्पिटल प्रालि, डिभाईन हस्पिटल केयर प्रालि, फेण्डस हस्पिटल, कामना नर्सिङ होम, सिरहाको गोलबजारस्थित सगरमाथा मोडेल हस्पिटल प्रालि, माँ धमिनी हस्पिटल प्रालि, मिर्चैयास्थित रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रालि, लहानस्थित आदित्य मेडिकेयर सेन्टर, वेष्ट राधा कृष्ण डेन्टल क्लिनिक, अलफ्रेण्ड हेल्थ केयर प्रालि छपराडी र सहलेश पोली क्लिनिक मिर्चैयालाई लाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको थियो।

ति सबै निजी स्वास्थ्य संस्थाहरु नविकरण नगरी सञ्चालन हुँदै आएका थिए। नविकरण समाप्त भएका स्वास्थ्य संस्थालाई दर्ता नविकरणका लागि दुई महीनाको समय दिए पनि अटेर गरेकाले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० बमोजिम संस्था बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराउन निर्देशन दिइएको अधिकृत कर्णले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad