यो औषधि मानवमा परीक्षण गर्न थालिएको पनि कम्पनीले बताएको छ।
अधिकारीहरुका अनुसार ट्याब्लेट औषधिको पहिलो चरणको परीक्षणको नतिजा एकहप्तामा आउनेछ।
केहीदिनमा आउने नतिजाले यो ट्याब्लेट कोरोनाविरुद्धको कति प्रभावकारी रहेछ भनेर देखाउनेछ।
यी परीक्षणपछि नै दोस्रो र त्यसपछि तेस्रो चरणको परीक्षण हुनेछन्।
फाइजरले यसअघि बनाएको कोरोनाविरुद्धको खोपले विश्वभर प्रयोगका लागि स्वीकृति पाइसकेको छ।
फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर संयुक्त रुपमा खोप बनाएको थियो। एससीएमपी

प्रतिक्रिया