राजनीति


एमालेको कार्यालय वैशाख १ गतेबाट थापाथली सर्ने, ५ वर्षका लागि भयो सम्झौता

एमालेको कार्यालय वैशाख १ गतेबाट थापाथली सर्ने, ५ वर्षका लागि भयो सम्झौता

नेपालखबर
चैत ११, २०७७ बुधबार ७:२४,

नेकपा एमालेको केन्द्रीय कार्यालय वैशाख १ गतेबाट थापाथली सर्ने भएको छ।

थापाथलीस्थित नयाँ पार्टी कार्यालयको बुधबार प्रधानमन्त्रीले निरीक्षण गरेपछि सर्ने मिति घोषणा गरिएको हो।

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले वैशाख १ गते पार्टी कार्यालय सर्ने बताए। उनले नयाँ कार्यालय ५ वर्षका लागि सम्झौता भएको जानकारी दिए।

‘वैशाख १ गतेबाट पार्टी कार्यालय सर्छ, त्यसका लागि हामीले ५ वर्षको एग्रिमेन्ट गरेका छौँ’, दुगडले पत्रकारसँग भने।

उनले आफूले घरधनी सञ्जय अग्रवाललाई चिनेका कारण कार्यलय सार्ने विषयमा पहलकदमी लिएको बताए।

पौने चार रोपनी क्षेत्रफलमा फैलिएको भवन साढे २ तलाको छ। यसको कम्पाउन्डमा २५ वटा गाडी पार्किङ गर्न मिल्छ।

घरधनी अग्रवाल दुगडका नातेदार हुन्।

कति भाडा लिने सम्झाैता भएकाे हाे भन्ने नेपालखबरकाे प्रश्नमा दुगडले भने, ‘एमालेले भवनका लागि ५ वर्षे सम्झौता गरेको हो। उहाँ (अग्रवाल)ले पार्टीले अफोर्ड गर्नसक्ने भाडा लिनुहुन्छ।’

यो भवन धुम्वाराहीको भन्दा ठूलो छ। धुम्वाराहीको कार्यालय साँघुरो भएको र त्यसमाथि बृहत्तर चक्रपथ निर्माण पनि भइरहेकाले ‘डिस्टर्ब’ हुने देखेर थापाथली सर्नलागेको दुगडले जानकारी दिए।

याे पनि : एमाले केन्द्रीय कार्यालय थापाथली हाइटमा सर्दै, ढोकामै राखियो ओलीको तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad