आज (मंगलबार) राति पहाडी भेगका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना देखिएको हो।
अघि साँझ ६ बजे महाशाखाले २४ घण्टे चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : गण्डकी, कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
प्रतिक्रिया