समाज


ताइवानमा दुई युद्धक विमान ठोक्किँदा एक पाइलटको मृत्यु, अर्का एक बेपत्ता

ताइवानमा दुई युद्धक विमान ठोक्किँदा एक पाइलटको मृत्यु, अर्का एक बेपत्ता

नेपालखबर
चैत १०, २०७७ मंगलबार ९:८,

सोमबार युद्ध अभ्यास गरिरहँदा दुई विमान आपसमा ठोक्किएको सीएनएनले जनाएको छ। ताइवान हवाई सेनाका अनुसार दुई एफ–६इ विमान दुर्घटनाग्रस्त भएका हुन्।

ताइवान आफ्नो मुलुकको हिस्सा भएको बताउँदै उसको हवाई क्षेत्रमा चिनियाँ विमानहरु घुस्न थालेपछि ताइवानले चिनियाँ खतराविरुद्ध युद्ध अभ्यास गरिरहेको हो। सो क्रममा दुई विमान आपसमा ठोक्किएका हुन्।

हाल बेपत्ता पाइलटको खोजी भइरहेको छ। दुर्घटनामा परेका दुई विमान अमेरिकामा निर्माण भएको विमान हो।

उक्त विमान सन् १९७० देखि सेवामा थियो। यसअघि ताइवानमै गत अक्टोबरमा एफ५ युद्धक विमान दुर्घटनामा परेको थियो।

त्यसको अर्को महिना नै एफ १६ विमान दुर्घटनाग्रस्त हुँदा एक पाइलटको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad