ad ad

समाज


घुसकाण्डपछि बटेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पनि ‘भूमिगत’

घुसकाण्डपछि बटेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पनि ‘भूमिगत’

शैलेन्द्र महतो
चैत १०, २०७७ मंगलबार ३:१७,

घुसकाण्डपछि धनुषाको बटेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रनारायण यादव पनि सम्पर्कविहीन बनेका छन्। गत फागुन १७ गते गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत ८ लाख घुस रकम फालेर भागेपछि अधिकृत यादव पनि ‘भूमिगत’ भएका हुन्।

अख्तियारले घुस रकमसहित गाउँपालिकाका अध्यक्ष राउत चढ्ने गाडीको चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिएको थियो भने अध्यक्ष राउत फरार भएका थिए। त्यसयता निमित प्रमुख प्रशासकीय अधिकृत यादव पनि मोबाइल स्विचअफ गरेर बेपत्ता भएका हुन्।

उनी सधैं कार्यालयमा उपस्थित भएको हाजिरी गरेको फेला परेको छ। कहिलेकाहीं लुकीछिपी कार्यालयमा आएर सबै दिनको हाजिरी भने गर्ने गरेको हाजिरी रजिस्टरमा देखिएको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक यादव अध्यक्ष राउतकै सिफारिसमा निमित्त प्रशासकीय अधिकृत बनेका थिए। गाउँपालिकामा अनियमिता गर्न निमित्त प्रशासकीय अधिकृतले सघाउन थालेपछि कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका कर्मचारीलाई अध्यक्ष राउतले हाजिरी गर्न नदिइ फर्काउने गरेका थिए।

कोरोना रोकथाम तथा नियन्त्रण लगायत कार्यालय प्रयोजन तथा विभिन्न शीर्षकमा अध्यक्ष राउतसँगको मिलेमतोमा अधिकृत यादवले व्यापक अनियमितता गरेको आरोप लागेको छ।

गाउँपालिका अध्यक्ष राउतकै निर्देशनमा कार्यालयमा कतिपय गैरकानुनी काम गरेकाले फस्ने डरले अधिकृत यादव सम्पर्कविहीन भएको नाम नखोल्ने सर्तमा एक कर्मचारीले बताए।

उनले प्रयोग गर्ने गाउँपालिकाको ९८५४०२३४१९ नम्बरको मोबाइल स्विचअफ उनी सम्पर्कविहीन बनेका हुन्। 

अधिकृत फोन स्विचअफ गरेर सम्पर्कविहीन बन्दा कार्यालय सञ्चालनलगायत विकासे काममा असर परिरहेको बटेश्वर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरालाल महतोले गुनासो गरे।

‘अधिकृत यादव कार्यालयमा आउँदैनन्। उनका कारण कार्यालयमा लगाइएको ताला खुलाउन सकिएको छैन। विकासेलगायत कार्यालयका कामकाज पूर्ण रूपमा प्रभावित भएका छन्,’ वडाध्यक्ष महतोले गुनासो गरे, ‘वडा कार्यालयहरूमा कार्यालय प्रयोजनका सामग्री अभाव भएको छ। जनतालाई सेवा दिन समस्या भइरहेको छ।’

गत फागुन १८ गतेदेखि नै अध्यक्ष राउतको कार्यकक्ष, निमित्त प्रशासकीय अधिकृत, योजना तथा लेखा शाखामा नागरिक समाज तथा पार्टीप्रतिनिधिले तालाबन्दी गरेका छन्। फरार गाउँपालिका अध्यक्षलाई पक्राउ गरी कारबाही, हरहिसाब पारदर्शीलगायत माग उनीहरूले राखेका छन्।

अख्तियारबाट आएको पाँचवटा पत्रको जवाफ जनप्रतिनिधिसँग समन्वय गरी लेखिपठाउन अधिकृत यादवलाई प्रमुख जिल्ला अधिकारी बास्तोलाले निर्देशन दिएका थिए। तर त्यसयता अधिकृत यादव सम्पर्कमा आएका छैनन् भने जनप्रतिनिधिसँग समन्वय नगरी आफ्नै मनोमानी ढंगले अख्तियारलाई पत्रको जवाफ लेखेर पठाएका छन्।

जसको ओसीआर रेकर्ड समेत कार्यालयमा कायम नगरेको जनप्रतिनिधिको गुनासो छ । ‘

उनले फरार गाउँपालिका अध्यक्ष राउतलाई उन्मुक्ति मिल्न सहयोग पुग्ने गरी अख्तियारको पत्रको जवाफ पठाएको हुन सक्ने आशंका गरिएको छ। 

 

तालाबन्दी खुलाउन गाउँपालिकाका उपाध्यक्ष प्रमिलादेवी महतो र अधिकृत यादवले चासो नदेखाएको स्थानीयको गुनासो छ। कार्यालयका सञ्चालनमा अवरोध मात्र होइन, विकासे काम अवरुद्ध भएर बजेटै फ्रिज हुने सम्भावना बढेको छ। यस्तै स्वास्थ्यचौकीहरूमा औषधि अभाव भएको छ।

तालाबन्दी खुलाएर गाउँपालिका कार्यालयका कामकाज नियमित गर्ने विषयमा एक साताअघि जिल्ला प्रशासन कार्यालय (धनुषा) मा गाउँपालिकाकै जनप्रतिनिधि, प्रशासकीय अधिकृत र प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बास्तोलाबीच छलफल भएको थियो। त्यस क्रममा २ दिनभित्र तालाबन्दी खुलाउन पहल गर्ने निर्णय भएको थियो। छलफलमा गाउँपालिकाका उपाध्यक्ष महतो, अधिकृत यादव र पाँचवटै वडाका अध्यक्ष सहभागी थिए।

अख्तियारबाट आएका पाँचवटा पत्रका जवाफ जनप्रतिनिधसँग समन्वय गरी लेखिपठाउन अधिकृत यादवलाई प्रमुख जिल्ला अधिकारी बास्तोलाले निर्देशन दिएका थिए। तर, त्यसयता अधिकृत यादव सम्पर्कमा आएका छैनन् भने जनप्रतिनिधिसँग समन्वय नै नगरी मनोमानी ढंगले अख्तियारलाई जवाफ पठाएका छन्। रेकर्डसमेत कार्यालयमा नराखिएको जनप्रतिनिधिको गुनासो छ।

उनले फरार अध्यक्ष राउतलाई उन्मुक्ति मिल्न सहयोग पुग्नेगरी अख्तियारलाई जवाफ पठाएको हुन सक्ने आशंका गरिएको छ।

अख्तियारले बटेश्वर गाउँपालिका कार्यालयलाई पाँचवटा पत्र पठाई जवाफ दिन भनेको थियो। जसमध्ये एउटा पत्रमा घुस रकम फालेर फरार गाउँपालिकाका अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको १९ नम्बर कोठामा हाजिरी हुन भनिएको थियो।

नियन्त्रणमा लिएको गाउँपालिकाको गाडी कसले प्रयोग गर्ने गरेको र चालक को हुन् भन्ने एकिन गर्न तथा गाउँपालिका कार्यालय परिसरमा निर्मित भवन योजनाका सम्पूर्ण कागजात पठाउन भन्दै अख्तियारले पत्राचार गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .