समाज


विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना, २४ घण्टे चेतावनी

विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना, २४ घण्टे चेतावनी

नेपालखबर
चैत ९, २०७७ सोमबार ०:५९,

देशको पहाडी भेगका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्ले २४ घण्टे चेतावनी जारी गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

यस्तै राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षा हुने सम्भावना छ।

सतर्कताका लागि महाशाखाले अघि बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad