समाज


मर्स्याङ्दीमा ट्रक खस्दा मृत्यु हुनेको संख्या ६ पुग्यो

मर्स्याङ्दीमा ट्रक खस्दा मृत्यु हुनेको संख्या ६ पुग्यो

नेपालखबर
चैत ८, २०७७ आइतबार ४:०,

मनाङमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। लमजुङ बेँसीशहर–चामे सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा शनिबार साँझा ध १ ख ५९२ नम्बरको ट्रक दुर्घटनामा परेको हो।

बेँसीशहरबाट मनाङ जाँदै गरेको ट्रक सडकखण्डबाट ५० मिटर तल मर्स्याङ्दी नदीमा खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए।

टुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो। नासो गाउँपालिका–४ का ३५ वर्षीया मनिषा गुरुङ, सोही वडाका ३६ वर्षीय जलकाशी गुरुङ र सात वर्षीया लिउन गुरुङको घटनास्थलमै मृत्यु भएको हो।

त्यसैगरी चामे गाउँपालिका–४ का २८ वर्षीया धनमान विक र लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुका २१ वर्षीय लक्ष्मण नेपालीको लमजुङ सदरमुकाम बेँसीशहर ८ मा रहेको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको प्रहरी निरीक्षक पुनले बताए।

दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएका तीनमध्ये नासो–१ का तीन वर्षीय बालक थियोन गुरुङको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका ट्रक चालक तनहुँको भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तामाङ र नासो–३ धारापानीका सात वर्षीय मेल गुरुङको भरतपुरमै उपचार भइरहेको छ।

चालक तामाङको टाउकामा चोट लागेको छ भने सात वर्षीय बालकको नदेखिने गरी भित्री चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो ट्रकमा आठ जना सवार थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad