ad ad

समाज


मुख्यमन्त्री शेरधन राईको ससुराली यात्रा हेलिकोप्टरमा (फोटोफिचर)

मुख्यमन्त्री शेरधन राईको ससुराली यात्रा हेलिकोप्टरमा (फोटोफिचर)

नेपालखबर
चैत ३, २०७७ मंगलबार ११:६,

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकोप्टर चढेर ससुराली पुगेका छन्।

गत माघ ११ गते संखुवासभाकी मोडल जङमु शेर्पासँग काठमाडौँमा विवाह गरेका मुख्यमन्त्री राई त्यसको केही समयपछि हेलिकोप्टरमा ससुराली पुगेको भए पनि तस्बिर भने मंगलबार जङमुले सामाजिक सञ्जालमा राखेकी हुन्। त्यसपछि ती तस्बिरलाई लिएर मिडिया र सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ।

raisasurali4

जङमुले सामाजिक सञ्जालमा शेरधनको ससुराली यात्राका ११ वटा तस्बिरहरु सार्वजनिक गरेकी छन्। जसमा राई दम्पती हेलिकप्टरमा उभिएकोदेखि ससुरालीमा भेटघाटसम्मका तस्बिरहरु रहेका छन्।

उनले आफू गाउँमा जन्मिएको तर नबसेको, गाउँ सुन्दर रहेको र विकासमा पछाडि रहेका कारण मुख्यमन्त्री राईको ध्यानाकर्षण समेत गरेको बताएकी छन्।

raisasurali5

‘मैले भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो’, फेसबुकमा शेरधनपत्नी जङमुले लेखेकी छन्, ‘म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ। सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुसी लाग्यो। मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महशुस गरे किनकि त्यहाँ सडक, विद्युत, शिक्षा, स्वास्थ्य र सञ्चार लगायतको पहुँचले जनतालाई जोडन बाँकी रहेछ। अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ। सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु।’

raisasurali3

संखुवासभाका प्रतिनिधि सभा सांसद तथा नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतमले मुख्यमन्त्री राईलाई ससुराली पक्षले हेलिकोप्टरको व्यवस्था गरिदिएको बताए। उनले ती फोटाहरु एक महिना अगाडिको भएको बताए।

‘आज सार्वजनिक भएका फोटाहरु एकमहिना अगाडिका नै हुन’, नेपालखबरसँग सांसद गौतमले भने, ‘मुख्यमन्त्री राईज्यूका लागि ससुराली पक्षले नै हेलिकोप्टर को व्यवस्था गरिदिएको हो।’

raisasurali12

raisasurali8

raisasurali10

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .