समाज


नख्खुदोबाटोमा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नख्खुदोबाटोमा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालखबर
चैत २, २०७७ सोमबार १:५९,

ललितपुरको नख्खुदोबाटोमा गएराति कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्।

राति साढे ९ बजे ना २ ख ७५८३ नम्बरको कन्टेनरले प्रदेश नम्बर ३-०२० १८ प ८३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्की घर भई ललितपुरको बागडोल बस्ने ३७ वर्षका गणेशप्रसाद अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडी बस्ने ३२ वर्षका रवि श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ। घाइतेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। कन्टेनर चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad