हाल (आइतबार साँझ) पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
अघि ६ साँझ बजे मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज राति गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
यसैगरी भोलि दिउँसो पनि पहाडी भेगका भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ भने राति कर्णाली, गण्डकी र प्रदेश नं १ का पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चटयाङसहित वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा (सोमबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया