समाज


तीनवटा प्रदेशका पहाडी भेगमा हावाहुरीसहित वर्षाको सम्भावना, होसियारी अपनाउन आग्रह

तीनवटा प्रदेशका पहाडी भेगमा हावाहुरीसहित वर्षाको सम्भावना, होसियारी अपनाउन आग्रह

नेपालखबर
चैत १, २०७७ आइतबार १:५,

आज (आइतबार) तीनवटा प्रदेशका पहाडी भेगमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्ले २४ घण्टे चेतावनी जारी गरेका छन्।

बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छ : साँझपख प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव छ।

आज दिउँसो पनि बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भेगका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यसबाहेकका पहाडी स्थानमा आंशिकदेखि सामान्यसम्म बदली र देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad