पाकिस्तानको लाहौर विश्वविद्यालयमा प्रेम प्रदर्शन गरेको आरोपमा एक जोडी छात्र र छात्रालाई निष्कासन गरिएको छ।
बीबीसीका अनुसार छात्राले सबैका सामुन्ने घुँडा टेकेर छात्रलाई फूल दिँदै अँगालो होलकी थिइन्।
धेरै विद्यार्थीका सामुन्ने प्रेमालाप गरेको आरोपमा विश्वविद्यालयले ‘द्रुत कारबाही’ गरेर उनीहरूलाई विश्वविद्यालयबाट निकालिदिएको हो।
विश्वविद्यालयले जारी गरेको विज्ञप्तिअनुसार छात्रालाई अनुशासन कमिटीले बोलाएको थियो, तर उनी गइनन्। विज्ञप्तिमा भनिएको छ- ‘विश्वविद्यालयको नियम उल्लंघन गरेकाले उनीहरूलाई विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसमा प्रवेश निषेध गरिएको छ।’

प्रतिक्रिया