राजनीति


आइपर्‍यो भने जिम्मेवारीबाट भाग्दिनँ : देउवा

आइपर्‍यो भने जिम्मेवारीबाट भाग्दिनँ : देउवा

नेपालखबर
फागुन २९, २०७७ शनिबार १३:१४,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीविरुद्धमा लड्नुपर्ने बेला भएको बताएका छन्।

शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिस्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिस्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला आएको बताएका हुन्। कम्युनिस्टहरु प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए।

‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो अहिले। प्रजातान्त्रिक संस्कार नभएको ओली सरकार कम्युनिस्ट एकदलीय सर्वसत्तावाद लागू गर्न चाहान्छ। झुठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर आफू सत्तामा बसिरहने कुरा हो’, उनले भने, ‘कांग्रेसले प्रजातन्त्रलाई स्थायी गराउनु आवश्यक छ। प्रजातन्त्रका लागि राणा र पञ्चायतविरुद्ध लडेका हामी अहिले त्यसैका लागि कम्युनिस्टविरुद्ध लड्नुुपर्ने भएको छ।’

उनले कम्युनिस्ट प्रजातन्त्रको विपक्षमा भए प्रजातन्त्र कसैले हटाउन नसक्ने बताए। उनले नेपालमा कांग्रेसबाहेक अरु प्रजातानित्रक पार्टी नै नभएको ठोकुवा गरे।

सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए। नेपाली कांग्रेसले लोभ र हतार गर्नुनहुने भन्दै उनले परिस्थिति आइप¥यो भने जिम्मेबारीबाट नभाग्ने पनि स्पष्ट पारे। ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ। हाम्रो पार्टीले धेरै हतार गर्ने लोभ गर्ने काम पनि छैन। र परिस्थिति प¥यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन’, सभापति देउवाले भने।

सभापति देउवाले नेपाली कांग्रेस पार्टी भित्र महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको बताउ। महिलाहरुलाई पार्टीमा आकर्षित नगराए पार्टीको जित नहुने उनको भनाइ छ।

‘महिला दिदीबहिनीहरुलाई पनि नेपालको संविधान अनुरुप ३३ प्रतिशत महिलाहरुलाई हाम्रो पार्टीमा पनि आरक्षण गरेका छौँ। महिलाहरुलाई पार्टीमा जबसम्म आकर्षित गर्न सकिँदैन, तबसम्म पार्टीको जित कहिल्यै हुँदैन’, उनले भने, ‘महिला शक्ति हो, जिताउन सक्छ र हराउन पनि सक्छ। महिलालाई जस्तो अधिकार देशले दिएको छ त्यो अधिकार कांग्रेसले पनि दिएको छ। महिला मतदातालाई हाम्रो पार्टीमा बढी आकर्षित गराउनुप¥यो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad