वरिष्ठ पत्रकार सुशील शर्माको शुक्रबार निधन भएको छ।
६३ वर्षीय शर्माको काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो निधन भएको हो।
उनले लामो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीमा काम गरेका थिए।
अस्पतालमै रहेका पत्रकार सरोज दाहालका अनुसार हिजो बिहीबारदेखि शर्माको फोक्सोसम्बन्धी समस्याले जटिल रुप लिएको थियो।
दाहालका अनुसार शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया