समाज


सेनाको पूर्वी पृतना गेटमै लागू औषध कारोबार, मेजर पक्राउ

सेनाको पूर्वी पृतना गेटमै लागू औषध कारोबार, मेजर पक्राउ

नेपालखबर
साउन २६, २०७६ आइतबार ४:४५,

 प्रहरीकाे करिब दुई महिना लामो निगरानीपछि इटहरी क्षेत्रमा लागूऔषध बेचबिखनमा संलग्न मुख्य कारोबारी पक्राउ परेका छन्।

प्रहरीले खैरो हेरोइन (ब्राउन सुगर) बेचबिखनमा संलग्न नेपाली सेनाका सेनानी (मेजर) अजितकुमार सिंह तथा प्रमोद चौधरीलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय इटहरीले मेजर सिंह र सर्वसाधारण चौधरीलाई पृतनाको गेट नजिकबाट पक्राउ गरेको हो। दुवैबिरुद्ध लागूऔषध ओसारपसार तथा बेचबिखन मुद्दामा म्याद थप हुने डिएसपी समिरचन्द्र खरेलले बताए।

उनका अनुसार प्रहरीलाई साढे २ महिना अघि खैरो हेरोइन बेचबिखनमा सेनाका मेजर संलग्न रहेको सूचना प्राप्त गरेकाे थियो। मेजर सिंहले आफ्नो पदको दुरुपयोगगर्दै भारतमा पुगेर खैरो हेरोइन ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ।

‘आफैँ भारत गएर ल्याउने, यहाँ सानो सानो परिमाणमा बेच्ने गरेका रहेछन,’ डिएसपी खरेलले नेपालखबरसँग भने ‘यस क्षेत्रका प्रयोगकर्तालाई पृतनाको गेट नजिक बोलाएर बेच्ने गरेका थिए।’

प्रहरीका अनुसार कैलालीका सिंह आफू समेत खैरो हेरोइनका नियमित प्रयोगकर्ता हुन्। प्रहरीले दुवैलाई हिरासतमा राखेर कारबाही गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .