समाज


एक लाख ६५ हजारले लगाए कोरोना खोप

एक लाख ६५ हजारले लगाए कोरोना खोप

नेपालखबर
फागुन २४, २०७७ सोमबार ११:१७,

नेपालमा हालसम्म एक लाख ६५ हजार ४२८ जनाले काेराेनाविरुद्धकाे खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सोमबार गरेको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले हिजो फागुन २३ गतेसम्म सो संख्यामा खोप लगाइएको जानकारी दिए। आज (सोमबार) को विवरण आउन बाँकी छ।

उनका अनुसार नेपालमा १७ लाख ८२ हजार ४९९ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ। त्यसमध्ये हिजो ९ प्रतिशतले खोप लगाएका छन्।

जसमध्ये हिजोसम्म प्रदेश १ मा २१ हजार १६८, प्रदेश २ मा २० हजार ७५९, वागमती प्रदेशमा १० हजार ४०८, गण्डकी प्रदेशमा ३१ हजार १८९, लुम्बिनीमा ४२ हजार २४८, कर्णालीमा १० हजार ५६७ र सुदूरपश्चिम प्रदेशमा २२ हजार ६९ जनाले खोप लगाएका छन्।

गत माघ १४ गतेदेखि सुरु भएको खोप अभियान अन्तर्गत हिजोदेखि दोस्रो चरणको खोप सुरु भएको छ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर ६५ वर्षमाथिका नागरिकका लागि खोप कार्यक्रमको सुरुवात गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad