समाज


मानव धर्म सेवा समितिको आयोजनामा लुम्बिनीमा महान् सत्संग समारोह सुरु

मानव धर्म सेवा समितिको आयोजनामा लुम्बिनीमा महान् सत्संग समारोह सुरु

नेपालखबर
फागुन २३, २०७७ आइतबार १६:२९,

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा लुम्बिनीमा महान् सत्संग समारोह सुरु भएको छ।

आइतबारबाट सुरु भएको कार्यक्रममा केन्द्र प्रमुख महात्मा चमेली बाइजीले यो अध्यात्मको मञ्च धर्म मान्नेहरुको लागि मात्र नभई विज्ञान पढ्नेहरुको पनि भएको बताइन्।

अहिले कोभिड पूर्णरुपमा ठीक नभए पनि मानव मनलाई शान्त पार्न पनि अध्यात्मको खाँचो रहेकाले कार्यक्रमको आयोजना गरिएको उनले प्रष्ट पारिन्।

उनले भनिन्, ‘यो समयमा साहसले मानिलाई बलियो बनाउने भन्दै क्रासका बीचमा नबसीकन ज्ञानको प्रचारमा लाग्नुपर्छ। मानव धर्म कुनै एक जाति, सम्प्रदाय विशेषको नभई सनातन धर्म भएकाले यसको प्रचारप्रसारमा लाग्नु हाम्रो कर्तव्य भएको छ।’

No description available.

लुम्बिनी क्षेत्र आश्रम प्रमुख महात्मा चाँदना बाईजीको सभापतित्वका कार्यक्रम सुरु भएको कार्यक्रमको प्रमुख आतिथ्यता सुकुम्बासी समस्या सामाधान आयोग लुम्बिीनी प्रदेश अध्यक्ष बल बहादुर आचार्यले गरेका थिए।

कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी सन्तमहात्माहरुले आफ्नो अनुभव सुनाएका थिए।

कार्यक्रमको दोस्रो दिन भोलि सोमबार बिहान प्रभातफेरी कार्यक्रमसहित सत्संग प्रवचनको कार्यक्रम राखिएको समितिले जनाएको छ।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .