२०६३ साल चैत्रमा भएको गौर हत्याकाण्डका पीडितहरुले न्याय नपाएको भन्दै आफूहरुलाई न्याय दिलाउन सरकार समक्ष माग गरेका छन्।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गौर हत्याकाण्डका पीडितहरुले आफूहरुले हालसम्म न्याय नपाएको भन्दै आफूहरुलाई न्याय दिलाउन सरकार समक्ष माग गरेका हुन्। २०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राइसमिल चौरमा तत्कालीन माओवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरमका कार्यकर्ताबीच झडप हुँदा २७ जनाको मृत्यु भएको थियो भने दजनौँको संख्यामा घाइते भएका थिए।
अन्तर्राष्ट्रिय समुदाय, सरकार लगायतले घटनाको निरीक्षण गरी उक्त घटना राजनीतिक अभिप्रायले नभई जघन्य अपराध भएको रिर्पोट समेत निस्केको जिकिर गर्दै पीडितहरुले सरकारले दोषी उपर कारबाही नगरेको आरोप लगाएका छन्। दोषी उपर कारबाही गरी मृत्यु हुनेहरुलाई शहिद घोषणा गर्न र न्याय दिलाउन पीडितले माग गरेका छन्।
विगतका कुनैपनि सरकारले दोषीमाथि कारबाही नगरेको भन्दै पीडितले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया