बीबीसीहिन्दीका अनुसार विद्रोहीले सुरुङमा विस्फोटक पदार्थ जडान गरेका थिए। सुरुङ विस्फोटनकै घटनामा अन्य दुई प्रहरी घाइते भएको बताइएको छ।
घाइतेहरुलाई यतिबेला हेलिकप्टरबाट राँची ल्याइएको छ। त्यहाँ मेडिका अस्पतालमा उनीहरुको उपचार भइरहको छ।
विद्रोहीको आक्रमणमा परेका प्रहरीहरु झारखण्डस्थित जगुआर के एसल्ट ग्रुप–११ का हुन्।
बिहीबार बिहानै स्थानीय समयअनुसार ८ बजेर ४५ मिनेटमा यो घटना भएको थियो।
मृतक सेनाहरुको नाम कन्सटेबल हार्डवर शाह, किरण सुरिन र देवेन्द्र पण्डित भएको बताइएको छ।
हाल प्रहरीले विद्रोहीहरुको खोजी कार्य जारी राखेका छन्।
3
Shares

प्रतिक्रिया