समाज


विज्ञापन बोर्डको अध्यक्ष र नेपाल टेलिभिजनको महाप्रबन्धक भर्ना गर्न आवेदन आह्वान

विज्ञापन बोर्डको अध्यक्ष र नेपाल टेलिभिजनको महाप्रबन्धक भर्ना गर्न आवेदन आह्वान

नेपालखबर
फागुन २०, २०७७ बिहिबार १:५५,

सरकारले विज्ञापन बोर्डको अध्यक्ष भर्नाका लागि विज्ञापन खुलाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत बोर्डको अध्यक्ष सिफारिस समितिको सचिवालयले खुला आवेदन आह्वान गरेको हो। सरकारले खुला प्रतिस्पर्धाबाट बोर्डको अध्यक्ष नियुक्ति गर्न लागेको हो।

प्रकाशित सूचनाअनुसार बोर्ड अध्यक्षमा उम्मेदवारीका लागि आमसञ्चार तथा विज्ञापन वा कानुनलगायत विषयमा कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। उमेर ३५ वर्ष पूरा तथा ६५ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदन बुझाउने अवधि १५ दिन तोकिएको छ।

यस्तै नेपाल टेलिभिजनको महाप्रबन्धक पदका लागि पनि आवेदन मागिएको छ। यसका लागि ३० वर्ष पूरा तथा ६५ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्ने सूचनामा उल्लेख छ। आवेदन दिन सकिने म्याद ७ दिन भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .