ad ad

राजनीति


चीनले भन्योः रुससँग मिलेर अमेरिकाविरुद्ध सैन्य गठबन्धन बनाउने योजना छैन

चीनले भन्योः रुससँग मिलेर अमेरिकाविरुद्ध सैन्य गठबन्धन बनाउने योजना छैन

नेपालखबर
फागुन १९, २०७७ बुधबार ९:५४,

सोमबार चीनको रक्षा मन्त्रालयले रुस र आफूले मिलेर अमेरिकाविरुद्ध मोर्चा बनाउने कुनै योजना नभएको स्पष्ट पारेको हो।

‘चीन र रूसको सैन्य सम्बन्ध दुई देशबीचको रणनीतिक सहयोगमा एक महत्वपूर्ण सहयोगी बल हो’ चीनको विदेश मन्त्रालयले भनेको छ,‘दुबै पक्षले तेस्रो मुलुकलाई लक्षित नगर्ने असंलग्नताको तथा गैर–द्वन्द्वको सिद्धान्त पालना गर्दछ जुन केही देशहरु बिचको सैन्य गठबन्धनभन्दा पूर्ण रुपमा भिन्न छ।’

गत वर्षको अक्टोबर महिनामा रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘मस्कोले चीनसँगको सम्भावित गठबन्धनलाई इन्कार गर्ने छैन’ भनेपछि चीन र रुसले संयुक्त सैन्य मोर्चा बनाउने अड्कलबाजी भएको थियो।

चिनियाँ रक्षा विज्ञहरुका अनुसार बेइजिङको पछिल्लो अभिव्यक्ति अमेरिकासँगको टकरावलाई रोक्ने सिधा सन्देश हो। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .